September 23, 2026

मदन पुरस्कार २०८१ का लागि श्रेष्ठ सात पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कार २०८१ का लागि श्रेष्ठ सात पुस्तकको सूची सार्वजनिक

काठमाडौं । नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कारका लागि २०८१ सालको उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरिएको छ। मदन पुरस्कार गुठीले सोमबार एक विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्येबाट उत्कृष्ट ठहरिएका सात पुस्तकलाई श्रेष्ठ सूचीमा राखिएको जनाएको छ। गुठीका अनुसार अब यिनै सात पुस्तकमध्येबाट एउटालाई मदन पुरस्कार प्रदान गरिनेछ।

श्रेष्ठ सूचीमा परेका पुस्तकहरूः
‘उरमाल’ – छुदेन काविमो

‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’ – रमेश भुसाल

‘दर्ज्यु संलाप’ – कुमारी लामा

‘पञ्चतत्त्वको पालाम’ – मनप्रसाद सुब्बा

‘बहुरुपी’ – श्रेयज सुवेदी

‘भिक्षु, व्यापार र विद्रोह’ – सुधीर शर्मा

‘हिउँको गीत’ – तीर्थ गुरुङ

यस वर्ष मदन पुरस्कारका लागि कथासंग्रह, यात्रावृत्तान्त, निबन्ध, उपन्यास र ऐतिहासिक विषयमा आधारित विविध पुस्तकहरू मनोनयनमा परेका छन्।

पुरस्कारको घोषणा आगामी केही हप्ताभित्र हुने गुठीले जनाएको छ। मदन पुरस्कार प्रत्येक वर्ष नेपाली भाषामा प्रकाशित उत्कृष्ट किताबलाई दिइने सर्वोच्च साहित्यिक सम्मान हो। पुरस्कारस्वरूप एक लाख रुपैयाँ राशिसहित सम्मान प्रदान गरिन्छ।

 

सम्बन्धित खबरहरु

भर्खरै