October 2, 2026

विजय थापाको ‘आँसु बिक्ने सहर’ सार्वजनिक

विजय थापाको ‘आँसु बिक्ने सहर’ सार्वजनिक

काठमाडौँ । गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको नयाँ आधुनिक गीत ‘आँसु बिक्ने सहर’ विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यस गीतमा शंकर भुजेलका शब्द रचना तथा एनिश एन्जल राईको संगीत रहेको छ। गीतको संगीत संयोजन बुद्ध स्याङबाले गरेका छन् भने प्रकाश केसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। गीत ड्रीम्स स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियो गायक विजय थापा स्वयम्‌को निर्देशन गरेका छन् । भिडियोमा एमबी राउत, अप्सरा मगर र विजय थापाको मुख्य अभिनय रहेको छ। ओम प्रसाईंको छायांकन, सम्पादन र कलरिङ रहेको यस भिडियोमा उर्मिला लामाको शृंगार र ग्यालरी हाउसको पोस्ट प्रोडक्सन रहेको छ।

सम्बन्धित खबरहरु

भर्खरै