November 9, 2026

जीवन गदाइली र प्रिया सेन्चुरीको स्वरमा ‘डाँडै झ्याम्मै चौतारी’ पूर्वेली गीत सार्वजनिक

जीवन गदाइली र प्रिया सेन्चुरीको स्वरमा ‘डाँडै झ्याम्मै चौतारी’ पूर्वेली गीत सार्वजनिक

काठमाडौँ । नेपाली पूर्वेली लोकभाकामा आधारित नयाँ गीत ‘डाँडै झ्याम्मै चौतारी’ सार्वजनिक भएको छ । जीवन गदाइलि र प्रिया सेन्चुरीको स्वरमा रहेको उक्त गीतले मौलिक लोकसंस्कृति, गाउँघरको परिवेश र पूर्वेली भाकालाई समेटेको छ ।
विमल छेवाचाली शुलभको शब्द र राज राईको संगीत रहेको गीतमा जीवन गदाइलि र प्रिया सेन्चुरीले स्वर दिएका छन् । गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
गीतमा मादलतर्फ भरत बुढाथोकी, सारङ्गीतर्फ हेमन्त काङ्बा तथा बाँसुरीतर्फ नागेन्द्र विक्रम राईले साथ दिएका छन् । मनोज साइडोन राईले रेकर्डिङ गरेको गीतको अडियो तथा भिडियो निर्माणमा स्टुडियो किड्सको संलग्नता रहेको छ ।

पूर्वेली लोकलयको मिठास, मौलिक शब्द र सांगीतिक संयोजनमार्फत तयार पारिएको गीतले नेपाली लोकसंगीतप्रेमी श्रोतामाझ छुट्टै प्रभाव पार्ने अपेक्षा गरिएको छ । पछिल्लो समय आधुनिक संगीतको प्रभाव बढिरहेका बेला मौलिक लोकभाकालाई निरन्तरता दिने प्रयासका रूपमा पनि यस गीतलाई लिन सकिन्छ ।
गीतको भिडियोमा प्रस्तुत कलाकारहरूको आकर्षक उपस्थितिले गीतलाई थप आकर्षक बनाएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै