September 21, 2026

त्रिपुरेश्वरमा चलिरहेको बसमा आगलागी, चालक घाइते

त्रिपुरेश्वरमा चलिरहेको बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा अचानक आगलागी हुँदा चालक घाइते भएका छन्।

बा ५ ख ४२४७ नम्बरको बसमा आगलागी हुँदा २५ वर्षीय चालक दावा लामा घाइते भएका हुन्। आगलागीका बेला बसभित्र चालक मात्रै रहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

घाइते लामालाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरीले जनाएको छ।

बसमा आगो लाग्नुको कारण भने खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै सीसीटीभी फुटेजलगायत उपलब्ध प्रमाणको अध्ययन गरिरहेको छ।

आगलागीबाट बस पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

सम्बन्धित खबरहरु