September 18, 2026

भारतदेखि अमेरिकासम्म १३ देशमा नयाँ राजदूत पठाउने सरकारको तयारी

भारतदेखि अमेरिकासम्म १३ देशमा नयाँ राजदूत पठाउने सरकारको तयारी

काठमाडौं । लामो समयदेखि रिक्त रहेका नेपाली राजदूतका पदमा सरकारले नियुक्ति प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि राजदूतका नाम सिफारिस गरिएको छ ।

सिफारिसमा विभिन्न क्षेत्रका विज्ञ, पूर्वसैनिक अधिकारी तथा कूटनीतिक र सामाजिक क्षेत्रमा अनुभव भएका व्यक्तिहरू छन् ।

कुन देशका लागि को सिफारिस:

भारत — डा=निश्चलनाथ पाण्डे
चीन — डा= कल्याणराज शर्मा
अमेरिका — चिरनजंग थापा
बेलायत — पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा
जापान — जिग्यान कुमार थापा
इजरायल — सुरेशकुमार कर्ण
स्पेन — प्राप्ति शेरचन
जर्मनी — शारू जोशी
ओमान — डा= पद्माक्षी राणा
मलेसिया — चूडामणि खरेल
दक्षिण कोरिया — प्रा= डा= सङ्गम श्रेष्ठ
श्रीलंका — डा= मंचल झा
साउदी अरेबिया — गिरीबहादुर सुनार

राजदूत नियुक्तिका लागि सरकारले यसअघि खुला आवेदनसमेत मागेको थियो । परराष्ट्र मन्त्रालयले विभिन्न देशका लागि आवेदन मागेपछि ठूलो संख्यामा आवेदन परेको र त्यसबाट उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको थियो ।

भारत, चीन र अमेरिकाजस्ता नेपालको कूटनीतिक सम्बन्धका दृष्टिले महत्वपूर्ण मुलुकका लागि सिफारिस गरिएका नामलाई विशेष चासोका साथ हेरिएको छ । परराष्ट्र मन्त्रालयले यसअघि सम्बन्धित देशसँगको अनुभव र आफ्नो क्षेत्रमा विज्ञता भएका व्यक्तिलाई प्राथमिकता दिने जनाएको थियो ।

लामो समयदेखि विभिन्न नेपाली कूटनीतिक नियोग राजदूतविहीन रहँदै आएका छन् । यसअघि नै रिक्त पदमा नियुक्ति गर्न ढिलाइ भएको भन्दै सरकारमाथि प्रश्नसमेत उठ्दै आएको थियो ।

सम्बन्धित खबरहरु

भर्खरै