April 21, 2025

म्यानमारसँग नेपाल पराजित

म्यानमारसँग नेपाल पराजित

काठमाडौं । घरेलु टोली नेपाललाई स्तब्ध पार्दै म्यानमारले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल २०२५ को उपाधि जितेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल म्यानमारसँग २-० गोलले पराजित भएको हो ।

यससँगै नेपाल पुनः उपविजेतामा सिमित बन्दै उपाधिबाट बन्चित बनेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा नेपाल म्यानमारलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

तर, दोश्रो हाफमा नेपाल लगातार दुई गोल व्यहोर्दै पराजित हुन पुग्यो। लगभग १६ हजार घरेलु समर्थमाझ भएको फाइनल खेलमा नेपाली टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन र म्यानमारसँग फेरि एकपटक पराजित हुन बाध्य भयो ।

सम्बन्धित खबरहरु