October 21, 2026

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। आइतबार भएको खेलमा नेपालले साउदी अरेबियामाथि ५ विकेटको  हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो  ।

साउदीले प्रस्तुत गरेको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा गुल्शन झा र कप्तान रोहित पौडेलले अविजित रहँदै क्रमशः ४४ र २४ रनको योगदान दिए।

नेपालका लागि इशान पान्डेले ४० तथा देव खनालले ३९ रन बनाए। आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन जोडे।

यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा समेटिएको थियो। उसका लागि अब्दुल वाहीदले ७७ रनको महत्वपूर्ण इनिङ खेले भने मोहम्मद आतिफले ३० रन बनाए ।

नेपालका बलरमध्ये सन्दीप लामिछाने सर्वाधिक प्रभावशाली रहे । उनले १० ओभरमा केवल १९ रन खर्चिएर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिए भने ललित राजवंशीले २ र शेर मल्लले १ विकेट हात पारे ।

नेपालले प्रतियोगितामा यसअघि बहराइन र मलेसियालाई पराजित गरिसकेको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ। उक्त खेलको नतिजासँगै समूह विजेताको टुंगो लाग्नेछ।

सम्बन्धित खबरहरु

भर्खरै