November 3, 2026

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’

काठमाडौँ । बेजिला फिल्मसको प्रस्तुति रहेको प्रेम गीत ‘सौभाग्य मेरो जीवनको’ सार्वजनिक भएको छ। गीतमा अस्मिता अधिकारी र सुमन केसीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश अन्जन कडरियाको रहेको छ। गीतलाई गायक सुमन केसीले नै संगीत संयोजन गरेका छन्।

गीतको भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो । सहायक निर्देशनमा धर्मेन्द्र पुर्जा रहेका छन् । भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा मुख्य भूमिकामा देख्न सकिन्छ । भिडियोको छायाँकन गोविन्द बिष्टले गरेका हुन् । भिडियोको सम्पादन र कलर सुधार सुप्रिम पराजुलीले गरेका छन् ।

जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस म्युजिक भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । भिडियो बेजिला फिल्मस् को आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।

 

भिडियो लिंक:  https://youtu.be/f18MVpZ0UAU?si=epLL7wgNdLnibmsB

 

सम्बन्धित खबरहरु

भर्खरै