October 8, 2026

दिपेन्द्र खत्रीको ‘म पल्टनमा सानु’ सार्वजनिक

दिपेन्द्र खत्रीको ‘म पल्टनमा सानु’ सार्वजनिक

काठमाडौं । गायक दिपेन्द्र खत्रीले नयाँ लोकदोहोरी गीत ‘म पल्टनमा सानु’ सार्वजनिक गरेका छन्। नेपाली सेना तथा प्रहरी परिवारको भावनात्मक जीवनलाई केन्द्रमा राखेर तयार गरिएको गीतले सार्वजनिक भएसँगै दर्शक तथा स्रोताको सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

गीतमा दिपेन्द्र खत्री र चर्चित दोहोरी गायिका आशा बिसीको स्वर रहेको छ। गीतका शब्द तथा सिर्जना स्वयं खत्रीकै रहेको छ। सैनिक परिवारको भावनात्मक पक्ष, मायाप्रेम र बिछोडलाई नेपाली परिवेशअनुसार प्रस्तुत गरिएको गीतले श्रोतालाई अन्त्यसम्म बाँधेर राख्ने प्रयास गरेको छ।

तनहुँको खैरेनीटार निवासी खत्री लामो समय नेपाली सेनामा कार्यरत रहेपछि अवकाशपश्चात पूर्ण रूपमा सांगीतिक क्षेत्रमा सक्रिय भएका हुन्। यसअघि पनि केही गीत सार्वजनिक गरे पनि यो गीतमार्फत आफूलाई थप स्थापित गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

गीतको म्युजिक भिडियो तनहुँ र कास्कीका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ। भिडियो रियल पिक्चर इन्टरटेनमेन्ट र देउराली इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गायक खत्रीले आगामी दिनमा पनि नेपाली मौलिकता र सामाजिक यथार्थलाई समेट्ने सिर्जनालाई निरन्तरता दिने बताएका छन्।

सम्बन्धित खबरहरु

भर्खरै