November 3, 2026

पोखरालाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा छनोट

पोखरालाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा छनोट

काठमाडौं । सुदूरपश्चिम रोयल्सले काठमाडाैं‌मा जारी नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा स्थान पक्का गरेको छ । आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई पाँच रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाएर अलआउट भयो । सुदूरपश्चिमको जितमा न्यूजिल्यान्डका बलर स्कट कुगेलीन नायक बने । खेलमा उनी एक्लैले पाँच विकेट लिए ।

खेलका दुवै इनिङमा थुप्रै उतारचढाब आएका थिए । अन्तिम ओभरमा पोखरालाई आठ रन मात्रै चाहिएका बेला कुगेलीनले तीन विकेट लिएपछि सुदूरपश्चिमको जित सम्भव बन्यो ।

आजको जितसँगै सुदूरपश्चिम १० अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान १० अंक भए पनि जनकपुर बोल्ट्स नेटरनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ । पोखरा भने प्लेअफको दाैडबाट बाहिरिसकेको छ ।

सम्बन्धित खबरहरु

भर्खरै