काठमाडौं । सन्दीप जोराले अन्तिम बलमा २ रन प्रहार गर्न नसकेपछि लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार चौथो खेलमा पराजित भएको छ । जोरा अन्तिम बलमा आउट भएपछि आइतबार जनकपुर बोल्ट्सले लुम्बिनीलाई १ रनले पराजित गरेको हो ।
लुम्बिनीको ठिक उल्टो जनकपुरले लगातार चौथो खेल जितेको छ र टोली सुदूरपश्चिम रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लेको छ ।


