September 8, 2024

आइसिसी टि२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

आइसिसी टि२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट समुह ए अन्र्तगतको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । ओमानको अल अमिरात रंगशालामा भएको खेलमा कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोटमा ओमानलाइ ३९ रनले हराउँदै सानदार जित हात पारेको हो ।

टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।
१ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा अल आउट भयो ।

नेपालका कमलसिंह ऐरीले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौका सहित सर्वाधिक ३८ रन बनाए । कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे ।

विश्वकप छनोटमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट टोली आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् । हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content