November 3, 2026

थापा–कोइरालाबीच आन्तरिक समस्या समाधानबारे छलफल

थापा–कोइरालाबीच आन्तरिक समस्या समाधानबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच पार्टीभित्रको आन्तरिक समस्या समाधान र एकता मजबुत बनाउने विषयमा छलफल भएको छ।

भेटवार्ताका क्रममा नेता कोइरालाले वर्तमान राष्ट्रिय परिस्थितिमा कांग्रेस एकढिक्का हुनु आवश्यक रहेको बताएका छन्। देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले पार्टीभित्रको एकताको विकल्प नभएको उनको धारणा थियो।

पार्टीलाई एकताबद्ध बनाउन आवश्यक परे आफ्नो तर्फबाट जस्तोसुकै त्याग गर्न पनि तयार रहेको कोइरालाले बताएका छन्। जवाफमा सभापति थापाले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन्।

भेटमा गत भदौ १० गते रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाबारे समेत छलफल भएको जनाइएको छ।

सम्बन्धित खबरहरु

भर्खरै