१ कातिक, काठमाडौं । कोलकाता नाइट राइडर्सललाई ८ विकेटले हराउँदै मुम्बई शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती सम्पन्न आइपिएलको ३२ औं खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सललाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।
जितका लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्याे ।
मुम्बईको जितमा ओपनर तथा विकेटकिपर क्विन्टन डी कक ४४ बलमा ९ चौका र ३ छक्का सहित ७८ रनमा अविजित रहे । हार्दिक पान्ड्या २१ रनमा अविजित रहे । हार्दिकले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
मुम्बईलाई ओपनर रोहित शर्मा र डी ककले १०.३ ओभरमा ९४ रनको साझेदारी गर्दै सहज जिततर्फ डोर्याएका थिए । रोहित शिवम माभीको बलमा दिनेश कार्तिकबाट ३६ बलमा ५ चौका र १ छक्का सहित ३५ रनमा क्याच आउट भए । १४ औं ओभरको तेस्रो बलमा स्पिनर बरुणचक्रवर्तीले सूर्यकुमार यादवलाई १० रनमा बोल्ड आउट गरे । कोलकाता लागि शिवम माभी र बरुण चक्रवर्तीले एक एक विकेट लिए ।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । खराब सुरुवात गरेको कोलकातालाई तीव्र गतिका बलर प्याट कमिन्सले तल्लोक्रममा ३६ बलमा ५ चौका र २ छक्का सहित ५३ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेले । नवनियुक्त कप्तान ओईन मोर्गनले २९ बलमा २ चौका र २ छक्का सहित ३९ रनको जिम्मेवारी उत्कृष्ट कप्तानी इनिङ खेले ।
नाथन कुल्टर नाइलको छैटौं ओभरको तेस्रो बाउन्सर बलमा डर्थम्यानमा सट खेल्ने क्रममा एज लागेर नितेश राणा विकेटकिपर क्विन्टन डी ककबाट ५ रनमा क्याच आउट हुन पुगे । स्पिनर राहुल चहरको आठौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका ओपनर सुभमन गिल लङअनमा काइरन पोलार्डबाट २१ रनमा समातिन पुगे । गिलले २३ बलमा २ चौका प्रहार गरे ।
आइतबार किंग्स इलेभेनले पन्जाबसँग खेल्नेछ भने कोलकाताले नराइजर्स हैदराबादसँग खेल्नेछ । एजेन्सी