October 15, 2026

एसीसी प्रिमियर कपमा नेपालको शानदार सुरुवात

एसीसी प्रिमियर कपमा नेपालको शानदार सुरुवात

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा शानदार सुरुवात गरेको छ। नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

मलेसियाको वाइएसडी युकेएम ओभलमा सम्पन्न खेलमा नेपालले ८८ रनको सामान्य लक्ष्य ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि अर्जुन कुमाल ३६ रनमा अविजित रहँदा रोहित पौडेलले अविजित १९ रनको योगदान दिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनलाई नेपाली बलरहरूले सुरुदेखि नै दबाबमा राखेका थिए। कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा मात्र १४ रन खर्चेर ५ विकेट लिए।

ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिएपछि बहराइन ३६.२ ओभरमा ८७ रनमै समेटियो।

बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए भने मुहम्मद वासिमले १३ र अली दाउदले १० रन जोडे ।

नेपालले अब प्रतियोगिताको दोस्रो खेलमा बिहीबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित खबरहरु

भर्खरै