October 15, 2026

मधेश प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता

मधेश प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको छ ।

सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री यादवले ६ जना मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीलाई बुधबार प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले पद तथा गोपनियताको शपथ गराएका हुन्।

नयाँ मन्त्रीहरूमा मनिष सुमनले श्रम तथा यातायात,राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास,शंकरप्रसाद चौधरीले वन तथा वातावरण,श्यामप्रसाद पटेलले भूमि,व्यवस्था कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह,सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका हुन्।

 

 

सम्बन्धित खबरहरु

भर्खरै