September 22, 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न जाँचबुझ आयोग गठन गरेको छ। मंसिर २२ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न दीपक सुवेदीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए। जाँचबुझ आयोगको सदस्यमा शरद अधिकारी र योगेन्द्र नाथ कर्माचार्य रहेका छन्।

त्यस्तै कोलम्बो प्लानको नवौं महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने, नेपाल र मोरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने र सिंचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको प्रवक्ता खरेलले बताए।

सम्बन्धित खबरहरु

भर्खरै