September 22, 2026

मधेशका स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक २ हजार भत्ता

मधेशका स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक २ हजार भत्ता

काठमाडौं । मधेश सरकारले स्नातक उर्तीण बेरोजगार युवालाई प्रति महिना २ हजार रुपैयाको दरले (जीवन निर्वाह) बेरोजगार भत्ता दिने प्रस्ताव गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री सरोज यादवले राष्ट्रिय युवा नीतिले परिभाषित गरेका प्रदेश भित्रका १८देखि ३५ वर्ष उमेर समूहका १ लाख ४८ हजार बेरोजगार स्नातक उर्तीर्ण युवालाई जीवन निर्वाह गर्न बेरोजगार भत्ता दिने प्रस्ताव गरिएको बताए ।

तर अहिले मधेश सरकारलाई सर्वोच्च अदालतले दीर्घकालीन तथा नीतिगत निर्णय गर्नमा रोक लगाएको छ। मुख्यमन्त्री यादवले भने सर्वोच्चको आदेश सकारात्मक आएमा सोही प्रस्तावलाई नीतिगत निर्णय गरी कार्यान्वयनमा लैजाने उल्लेख गरे ।

‘पढेलेखेका युवाहरू रोजगारी नपाएर गलत क्रियाकलापतर्फ गइरहेका छन्। उनीहरूलाई सही दिशामा लग्न सरकारले जीवननिर्वाह भत्ता २ हजार दिइनेछ’, मुख्यमन्त्री यादवले भने ।

यी बाहेक मधेश आन्दोलनका सहिदलाई मधेश रत्न सम्मानबाट सम्मानित गर्ने पहिलो निर्णयको कार्यविधि निर्माण प्रकियाको चरणमा रहेको मुख्यमन्त्री यादवले जानकारी दिए।

सम्बन्धित खबरहरु

भर्खरै