September 22, 2026

मधेश प्रदेशमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, विपक्षी दल असन्तुष्ट

मधेश प्रदेशमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, विपक्षी दल असन्तुष्ट

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असन्तुष्ट कांग्रेससहितका विभिन्न दलका नेता र कार्यकर्ताले आज मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड गरेका छन्।

धनुषाका एसपी रुगमबहादुर कुँवरका अनुसार, तोडफोडको क्रममा कुर्सी, गमला र होर्डिङ बोर्डमा सामान्य क्षति पुगेको छ। यस क्रममा कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डा फालेको पनि जनाइएको छ।

कार्यक्रममा सहभागी दलहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै उनको निवास अडारि पनि तोडफोड गरेका थिए। एसपी कुँवरले भने, “अहिले अवस्था सामान्य भएको छ।”

प्रदेश प्रमुख भण्डारीले बिहान बर्दिवासको एक होटलमा एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र र लोसपा लगायतका दलहरूले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतका आधारमा मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै आएका थिए।

तर प्रदेश प्रमुखले विपक्षी दलहरूको राय नगरी एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विरोध प्रदर्शन भड्किएको हो।

सम्बन्धित खबरहरु

भर्खरै