September 22, 2026

पूर्णबहादुरले बुझे विशेष महाधिवेशन मागिएको हस्ताक्षर

पूर्णबहादुरले बुझे विशेष महाधिवेशन मागिएको हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा संकलन भएको हस्ताक्षर बुझाइएको छ । विशेष महाधिवशेन पक्षधरहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका हुन् ।

कांग्रेसका नेता गुरुराज घिमिरेले देशभरबाट संकलित २ हजार ४ सय ८८ हस्ताक्षर बुझाएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनमा देशभरबाट ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका थिए ।

कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र त्यस्तो विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

सम्बन्धित खबरहरु

भर्खरै