September 22, 2026

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई आज प्रहरीले पक्राउ गरेको छ। महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आज दिउसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रकाउ गरेको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानाकारी दिए।

‘उहाँलाई भेपमार्फत सुन तस्करी प्रकरण अनुसन्धानलका लागि काठमाडौंबाटै प्रकाउ गरिएको छ। यस विषयमा ब्युरोले थप अनुसन्धान गर्नुपर्ने भएकाले उहाँलाई नियन्त्रणमा लिइएको हो’, प्रवक्ता श्रेष्ठले भने।

आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले एक विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको जानकारी दिएको छ।

भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेको भनी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ।

सम्बन्धित खबरहरु

भर्खरै