September 20, 2026

चल्न थाल्यो बीपी राजमार्गमा सवारी साधन(फोटोफिचर)

चल्न थाल्यो बीपी राजमार्गमा सवारी साधन(फोटोफिचर)

काठमाडौं । लगातारको वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाले काभ्रे र सिन्धुलीमा करिब १३ स्थानमा सडक क्षति पुगेको थियो।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेका अनुसार करिब ४ किलोमिटर सडक खण्ड अस्थायी मर्मतपछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो भने दुईतर्फी आवागमन आइतबारदेखि सुरु हुने अपेक्षा गरिएको छ।

बाढीपहिरोले काभ्रेको चौकीडाँडा सबैभन्दा बढी प्रभावित भएको छ। मन्त्री कुलमान घिसिङले बिहीबार स्थलगत निरीक्षण गर्दै मर्मत कार्य तीव्र बनाउन थप जनशक्ति र उपकरण परिचालन गर्न निर्देशन दिएका छन्।

सम्बन्धित खबरहरु