काठमाडौं । नेपाल र बङ्गलादेशबीच पर्यटन, व्यवसाय, साहित्य तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले काठमाडौंमा विशेष समारोह आयोजना गरिएको छ।
नेपाल–बङ्गलादेश मैत्री संघ र जनसार्क समन्वय मञ्च नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बङ्गलादेशका उच्च पदस्थ अधिकारी, व्यवसायी, पत्रकार तथा नेपालका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो।
समारोहमा पर्यटन प्रवर्द्धनतर्फ बङ्गलादेशका उद्योगपति एवं सामाजिक अभियन्ता रबिउल इस्लाम र साहित्य तथा पत्रकारितातर्फ नेपाली साहित्यकार तथा पत्रकार ज्योतिकिरणलाई ‘इन्टरनेसनल एक्सिलेन्स अवार्ड–२०२६’ प्रदान गरिएको छ।
रबिउल इस्लाम बङ्गलादेशको आरआर ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
त्यस्तै, नेपाली साहित्य तथा पत्रकारितामा पुर्याएको योगदानका लागि साहित्यकार ज्योतिकिरणलाई सम्मान गरिएको हो। ताप्लेजुङको साब्लाखु–५, आलेटारमा जन्मिएका ज्योतिकिरण विगत २५ वर्षदेखि नेपाली साहित्य क्षेत्रमा सक्रिय छन्। उनी आख्यान तथा गैरआख्यान लेखनसँगै गीत, गजल, कविता, निबन्ध र नाटकजस्ता विभिन्न विधामा कलम चलाउँदै आएका छन्।
अन्तर्राष्ट्रिय सम्मान –२०२६ बाट बङ्गलादेशका ढाका मेडिकल कलेज तथा अस्पतालका फिजियोलोजी विभागका पूर्वप्रमुख प्रो. डा. रुहुल अमिन, बङ्गलादेश राष्ट्रिवादी कृषक दल केन्द्रीय समितिका सहायक महासचिव एड्भोकेट मो. रबिवल होसेन रबि, बङ्गलादेशका अपरेटिभ इन्स्योरेन्स कम्पनीका प्रबन्ध निर्देशक मो. नुर ए आलम सिद्दिकी, वरिष्ठ पत्रकार मो. शमसुद्दोहा प्रिन्स, पत्रकार तथा सहकारी अभियन्ता मो. अतिकुर रहमान, बङ्गलादेशका स्वतन्त्रता सेनानी एस.एम. नुरुल इस्लाम, एमडी. मिन्हाज महमुद, एमडी. सेलिम रेजा तथा मार्टिनेट आउटसोर्सिङ ढाकाका प्रबन्ध निर्देशक लायन इन्जिनियर काजी मोनिरुल इस्लामलाई सम्मान गरिएको थियो ।
त्यसैगरी, अन्तर्राष्ट्रिय सम्मान –२०२६ बाट नेपालका शिवराज सञ्जेल, देवराज घिमिरे, भरत ढकाल, धमेन्द्र यादव, उमा तिम्सिना मरहठ्ठा, विजया खनाल दाहाल र मिलन विकलाई सम्मान गरिएको थियो ।
प्रतिनिधि सभा सदस्य आशा झाको प्रमुख आतिथ्य तथा हरिबहादुर बिसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन नेपालका तर्फबाट दिनदया रिजाल र बङ्गलादेशका तर्फबाट मो. रबिवल होसेन रबिले गरेका थिए।
समारोहमा वरिष्ठ चिकित्सक तथा साहित्यकार डा. भोला रिजाल, इतिहासकार एवं राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी, ढाका मेडिकल कलेज तथा अस्पतालका फिजियोलोजी विभागका पूर्वप्रमुख प्रो. डा. रुहुल अमिन, बङ्गलादेश राष्ट्रिवादी कृषक दल केन्द्रीय समितिका सहायक महासचिव एड्भोकेट मो. रबिवल होसेन रबि, बङ्गलादेश कोअपरेटिभ इन्स्योरेन्स कम्पनीका प्रबन्ध निर्देशक मो. नुर ए आलम सिद्दिकी लगायतले धारणा राखेका थिए।
त्यस्तै, बङ्गलादेशका वरिष्ठ पत्रकार मो. शमसुद्दोहा प्रिन्स, पत्रकार तथा सहकारी अभियन्ता मो. अतिकुर रहमान लगायतको पनि कार्यक्रममा सहभागिता थियो।
कार्यक्रममा बङ्गलादेशका स्वतन्त्रता सेनानी एस.एम. नुरुल इस्लाम, एमडी. मिन्हाज महमुद, एमडी. सेलिम रेजा तथा मार्टिनेट आउटसोर्सिङ ढाकाका प्रबन्ध निर्देशक लायन इन्जिनियर काजी मोनिरुल इस्लाम लगायत बङ्गलादेशी प्रतिनिधि र नेपालका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो।
समारोहमा नेपाल–बङ्गलादेशबीच क्षेत्रीय सहकार्य, पर्यटन विकास, व्यापार–व्यवसाय विस्तार तथा आपसी सम्पर्कलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो। आयोजकका अनुसार कार्यक्रमले दुई देशबीच पर्यटन, शिक्षा, साहित्य, व्यवसाय तथा सामाजिक क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिचान गर्न सहयोग पुर्याउनेछ।
फोटो फिचर:




