May 20, 2025

शिक्षक आन्दोलनको २१ औँ दिन(तस्बिरहरु)

शिक्षक आन्दोलनको २१ औँ दिन(तस्बिरहरु)
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज २१औं दिन पनि प्रदर्शन गरेका छन् ।
अघिल्ला दिनहरु जस्तै सोमबार बिहान पनि काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा भेला भएर शिक्षकहरुले प्रदर्शन गरे ।
उनीहरु शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक हड्ताल आह्वान गरेका छन् । हड्तालका कारण शैक्षिक गतिविधि प्रभावित भएको छ ।
तस्बिरहरुः टंक खड्का

सम्बन्धित खबरहरु