September 22, 2026

युएईले दियो क्रिकेट खेलाडीलाई भिसा, सोमबार प्रस्थान गर्ने

युएईले दियो क्रिकेट खेलाडीलाई भिसा, सोमबार प्रस्थान गर्ने

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध हुने तीन टी २० शृंखला खेल्ने नेपाली क्रिकेट टोलीलाई संयुक्त अरब इमिरेट्स (दुबई)ले भिसा दिएको छ । आइतबार नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै भिसा प्राप्त भइसकेको जानकारी दिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले यूएईले नेपाली टोलीलाई भिसा प्रदान गरिसकेको र सोमबार त्यतातर्फ प्रस्थान गर्ने जानकारी दिएका छन् ।

निर्धारित तालिकाअनुसार वेस्ट इन्डिजविरुद्ध हुने तीन टी २० शृंखला खेल्न नेपाली टोली शुक्रबार बिहान यूएई जाने तालिका थियो । तर भिसा नआएकाले नेपाली टोली रोकिएको थियो । जेन–जी प्रदर्शनपछि नयाँ सरकार बनेयता यूएईले नेपालीहरुका लागि पर्यटक भिसा र कामदार भिसा दुबैमा रोक लगाएको छ ।

वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजहाँमा तीन खेलको टी २० शृंखला खेलेपछि नेपाली टोली टी २० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न ओमान जाने कार्यक्रम छ । त्यसपछि नेपालले पुनः यूएईमै आएर यूएई र अमेरिकासँग लिग २ मा प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खबरहरु

भर्खरै