September 23, 2026

सांसद खतिवडाद्वारा लिपुलेक व्यापार सम्झौतामाथि गम्भीर ध्यानाकर्षण

सांसद खतिवडाद्वारा लिपुलेक व्यापार सम्झौतामाथि गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेक क्षेत्रमा चीन र भारतबीच व्यापार सुचारु गर्ने सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणलाई अवसरको रूपमा प्रयोग गरी यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिए।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट चीन र भारतले गरेको व्यापार सम्झौताको विषय अहिले चर्चामा छ,’ उनले भने, ‘यस समस्यालाई सरकारले कूटनीतिक पहलमार्फत छिटोभन्दा छिटो समाधान गरोस्। संयोगवश प्रधानमन्त्री केही दिनपछि चीन र भारत भ्रमणमा जानु हुँदैछ, त्यतिबेला दुवै सरकारका प्रमुखसँग आफ्नो स्पष्ट अडान राखेर कुरा होस् भन्ने माग गर्दछु।’

खतिवडाले सीमा विवादजस्ता संवेदनशील विषयमा दल, जात वा समूहभन्दा माथि उठेर राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

 

सम्बन्धित खबरहरु

भर्खरै