September 23, 2026

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुऔषध मुक्त बनाउने अभियानलाई अझ प्रभावकारी बनाउँदै लागुऔषध नियन्त्रण व्युरोलाई विभागका रूपमा रूपान्तरण गर्ने घोषणा गरेका छन्। शुक्रबार कोटेश्वरस्थित लागुऔषध नियन्त्रण व्युरोको कार्यालय निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस अभियानमा स्रोतसाधनको अभाव हुँदासमेत पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति भएको बताए।

उनले भने, “लागुऔषधको उत्पादन, भण्डारण र प्रयोग अहिले ठूलो चुनौतीका रूपमा देखा परेको छ। यसले सडक दुर्घटना, आत्महत्या र साइबर अपराध समेत बढाएको छ। त्यसैले हामीले गत वर्ष लागुऔषधविरुद्धको महाअभियान थालेका थियौं, जसले राम्रो परिणाम देखाएको छ।”

गृहमन्त्री लेखकका अनुसार पछिल्लो एक वर्षमा विगतको तुलनामा लागुऔषध नियन्त्रणमा उल्लेखनीय सुधार देखिएको छ। अब यो अभियानलाई थप गहिरो र संस्थागत बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

“देशको भविष्य युवाहरूमा आधारित छ। तर दुर्भाग्यवश, लागुऔषधको लतमा युवा फँसेको अवस्था छ। त्यसैले अब यो प्रहरीको मात्र नभई हाम्रै साझा जिम्मेवारी हो,” उनले भने।

कार्यक्रममा गृहमन्त्रीले लागुऔषध नियन्त्रण व्युरोलाई विभागका रूपमा विकास गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई निर्देशनसमेत दिए। उनले मन्त्रालयबाट आवश्यक सहयोग प्रदान गरिने स्पष्ट पारे।

महानिरीक्षक थापाले गृहमन्त्री लेखकको उक्त प्रस्तावको स्वागत गर्दै व्युरोलाई विभागमा रूपान्तरण गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए।

सम्बन्धित खबरहरु

भर्खरै