September 23, 2026

समृद्धिका लागि राज्यको सोचाइ बदल्न आवश्यक : प्रचण्ड

समृद्धिका लागि राज्यको सोचाइ बदल्न आवश्यक : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धि हासिल गर्न राज्यको सोचाइ र नीतिगत संरचनामा परिवर्तन आवश्यक रहेको बताएका छन्।

सोमबार नेपाल उद्योग परिसंघ (CNI) का नवनिर्वाचित पदाधिकारीहरूसँग खुमलटारस्थित निजी निवासमा भएको भेटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। भेटका क्रममा उनले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, राज्यको माइन्डसेट (धारणा) परिवर्तन गर्न जरुरी भएको बताए।

“निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” प्रचण्डले भने, “राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।”

उनले नीतिगत सुधार मार्फत निजी क्षेत्रलाई सहज वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिए। सीएनआई पदाधिकारीहरूले पनि भेटमा आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिका, पूर्वप्रधानमन्त्री प्रचण्डसँगको सहकार्य अनुभव र भविष्यका सम्भावनाबारे कुराकानी गरेका थिए।

सम्बन्धित खबरहरु

भर्खरै