September 23, 2026

केन्द्रीय अस्पतालहरूमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायमै रहने

केन्द्रीय अस्पतालहरूमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायमै रहने

काठमाडौं । स्वास्थ्य बीमा सेवा नजिक नपाउँदा समस्या झेलिरहेका नागरिकलाई राहत हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले केन्द्रीय सरकारी अस्पतालहरूमा प्रथम सेवा बिन्दु (एफपीसी) कायमै राखिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री पौडेलले भनेका छन्, “स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाई सम्बोधन गर्दै, नजिक प्रथम सेवा बिन्दु नभएका स्थानहरूका केन्द्रीय सरकारी अस्पतालमा प्रथम बिन्दु कायमै रहने गरी व्यवस्था मिलाएका छौं।”

स्वास्थ्य बीमा बोर्डले हालै निजी तथा सरकारी अस्पतालहरूमा रहेका प्रथम सेवा बिन्दु हटाएर स्थानीय तहमा मात्र केन्द्रित गर्ने निर्णय गरेपछि विभिन्न ठाउँका नागरिकबाट सेवा नपाउने गुनासो आउन थालेका थिए। यिनै गुनासोलाई मध्यनजर गर्दै मन्त्री पौडेलले मन्त्रालयको तर्फबाट पत्राचारमार्फत वैकल्पिक व्यवस्था नहुँदासम्म केन्द्रीय सरकारी अस्पतालहरूमा पहिलो बिन्दु कायम राख्ने निर्देशन दिएका हुन्।

उनले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै प्रत्येक स्थानीय तहमा कम्तीमा एक एफपीसी स्थापनाको योजना पनि अघि सारेका छन्। जहाँ उपयुक्त संस्था छैनन्, त्यहाँ नयाँ स्वास्थ्य संस्था स्थापना गरिने र भएका संस्थाको स्तरोन्नति गरिने मन्त्री पौडेलको भनाइ छ।

सम्बन्धित खबरहरु

भर्खरै