September 20, 2026

तीन महिनाभित्र परीक्षाफल सार्वजनिक नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गर्न शिक्षामन्त्रीको निर्देशन

तीन महिनाभित्र परीक्षाफल सार्वजनिक नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीकाे परीक्षाफल तीन महिनाभित्र प्रकाशित गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयले गरेकाे निर्देशन सार्जनिक गर्दै पुनले तीन महिनाभित्र पनि परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयकाे अनुदान राेक्न निर्देशन दिएकाे जानकारी दिएका हुन् ।

मन्त्री पुनले एक वर्षसम्म विद्यार्थीले दिएकाे परीक्षाकाे नतिजा सार्वजनिक नहुने गरेकाे पाइएकाे भन्दै यस्ताे कार्यले विद्यार्थीमा अपूरणीय क्षति हुने गरेकाे बताएका छन् । उनले नेपालभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गराउन एक जना शिक्षककाे दरबन्दी गराउन निर्देशन दिइएकाे समेत बताएका छन् ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयकाे परिसरभित्र रहेका ठूला रूख नकाट्ने तर झाडी फाँडेर सुन्दर बगैँचा बनाउन पनि निर्देशन दिएका छन् ।

सम्बन्धित खबरहरु