September 20, 2026

विधेयक संशोधन नभए आन्दोलन थप चर्काउने शिक्षक महासंघको चेतावनी

विधेयक संशोधन नभए आन्दोलन थप चर्काउने शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभए आन्दोलन थप चर्काउने चेतावनी दिएको छ। बिहीबार ललितपुरको च्यासलस्थित नेकपा (एमाले) मुख्यालयमा धर्ना दिँदै महासंघका नेतृत्वले संसदमा संशोधन नभए ठूला आन्दोलनमा जाने बताए।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, “प्रतिनिधि सभा र राष्ट्रिय सभामा अझै संशोधनको अवसर छ। यदि विधेयक पारित हुँदा पनि सुधार नभए हामी २०८१/८२ भन्दा ठुलो आन्दोलनमा जानेछौँ।”

महासंघले भाद्र ११ गतेदेखि प्रमुख दलका मुख्यालयमा बिहान ११ बजे देखि १ बजे सम्म धर्ना दिने कार्यक्रम सुरु गरेको छ। बुधबार नेपाली कांग्रेस मुख्यालयमा धर्ना दिइएको थियो भने बिहीबार एमाले कार्यालयमा धर्ना दिइएको छ। शुक्रबार (१३ गते) माओवादी केन्द्रको पेरिसडाँडास्थित मुख्यालयमा धर्ना दिइने कार्यक्रम तय गरिएको छ।

सम्बन्धित खबरहरु