September 19, 2026

जेठ १० गतेलाई कालो दिनका रूपमा स्मरण गर्दै प्रदर्शन [तस्बिरहरू]

जेठ १० गतेलाई कालो दिनका रूपमा स्मरण गर्दै प्रदर्शन [तस्बिरहरू]

काठमाडौं । रुकुम–पश्चिम, चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित उनका ५ साथीको हत्या भएको सम्झनामा काठमाडौंको माइतीघरमा जातीय हिंसाविरुद्ध प्रदर्शन गरिएको छ ।दलितका लागि दलित अभियान नेपालले शनिबार विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेको हो । रुकुमको सोतीमा नवराजसहित २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाहीको हत्या भएको थियो । घटनामा २३ जना प्रतिवादीले जन्मकैद सजाय भुक्तान गरिरहेका छन् ।

 

सम्बन्धित खबरहरु

भर्खरै