काठमाडौं । प्रतिनिधिसभाबाट संकक्रमणकाली न्यायसम्बन्धी विधेयक (टीआरसी) बहुमतबाट पारित भएको छ । सत्य निरुपण आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संशोधन गर्न सो विधेयक ल्याइएको थियो ।
ध्वनीमतका आधारमा सभामुख देवराज घिमिरेले सो विधेयक पारित भएको घोषणा गरे । सो विधेयक प्रतिनिधिसभामा लामो समय छलफलपछि बुधबार पारित गरिएको हो ।
दलहरूबीच यो विधेयकमा प्रतिनिधिसभाको कानुन समितिमै लामो समय छलफल भएको थियो । सो समितिमा सर्वसम्मतिले प्रतिवेदन तयार भएपछि प्रतिनिसभामा प्रतिवेदन पेस गरिएको थियो । मंगलबार प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेस गरिएको थियो । बुधबार प्रतिनिधिसभामा सो प्रतिवेदनमाथि छलफलपछि विधेयक पारित गरिएको थियो ।












