September 21, 2026

निर्वाचन आचार संहिता लागू हुँदै

निर्वाचन आचार संहिता लागू हुँदै

काठमाडौं । निर्वाचन आयोगले आचार संहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आइतवार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित एक कार्यक्रमबाझ यो जानकारी दिएको हो ।

आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतिकरण पनि गरिएको थियो । जसअनुसार, निर्वाचन आचार संहिता आज आइतवार राति १२ बजेदेखि लागू हुनेछ ।

आयोगको आइतवार नै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिपरिषद्का सदस्यहरु, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो ।

सम्बन्धित खबरहरु

भर्खरै