October 16, 2026

मस्जिद तोडफोडको विरोधमा धनुषामा तनाव, सामाजिक सद्भाव कायम राख्न प्रशासनको आग्रह

मस्जिद तोडफोडको विरोधमा धनुषामा तनाव, सामाजिक सद्भाव कायम राख्न प्रशासनको आग्रह

काठमाडौं । धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्जमा आइतबार प्रदर्शन भएको छ । प्रदर्शन बढ्दै गएर तोडफोडमा उत्रिएपछिप्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको हो । धनुषाको धनुकमला नगरपालिका- ६ स्थित सखुवा मरानको मुस्लिम बस्तीमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सार्वजनिक भएपछि मुस्लिम समुदाय आक्रोशित बनेका हुन् ।

आइतबार बिहान प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले वीरगन्ज–३ छपकैयास्थित नेपाल प्रहरीको बिटमा तोडफोड पनि गरेका छन् । दिउसो एक बजेपछि भने अवस्था शान्त हुदै गएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भावमा खलल पुऱ्याउने, एक अर्कामा सामाजिक तथा धार्मिक वा साँस्कृतिक द्वेष भाव श्रृजना गरी राष्ट्रिय एकतामा आँच पुऱ्याउने वा झुठ्ठा अफवाह फैलाई कुनै धर्म समुदायको सामाजिक मान मर्दन गर्ने कार्यमा संलग्न व्यक्तिका सामाजिक सञ्जाल खातामा सुक्ष्म रुपमा निगरानी भैरहेको जानकारी गराउँदै यस्ता गतिबिधि नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले गरेको अनुरोध:

सामाजिक सद्भावमा खलल पुऱ्याउने, एक अर्कामा सामाजिक तथा धार्मिक वा साँस्कृतिक द्वेष भाव श्रृजना गरी राष्ट्रिय एकतामा आँच पुऱ्याउने वा झुठ्ठा अफवाह फैलाई कुनै धर्म समुदायको सामाजिक मान मर्दन गर्ने कार्यमा संलग्न व्यक्तिका फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल खाताको गतिबिधि सुक्ष्म रुपमा निगरानी भैरहेको जानकारी गराउँदै यस्ता गतिबिधिहरुलाई गम्भिरतापूर्वक लिई निम्न बमोजिम कानूनी दायरामा ल्याईने ब्यहोरा समेत सबैमा जानकारी गराई कडाईका साथ कार्यान्वयन गर्न/गराउन हुन अनुरोध गरिएको छः

सम्बन्धित खबरहरु

भर्खरै