काठमाडौं । नेपाली कांग्रेस नेतासमेत रहेका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको भन्दै चलिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले उनीविरुद्ध तीन करोड ६८ लाख ४७ हजारभन्दा बढी बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयर बनेका थिए। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ३ बाट कांग्रेसबाट निर्वाचित भएका थिए।










