काठमाडौं। लुम्बिनी लायन्सले बुधबार काठमाडौं गोर्खाजलाई चार विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।
काठमाडौंले दिएको १११ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। डार्सी सटले ३३ रन बनाए। काठमाडौंका सन्तोष यादवले २३ रन बनाए पनि टिमको इनिङ्स सम्हाल्न सकेनन्।
लुम्बिनीका शेर मल्ल र कप्तान रोहितले समान तीन–तीन विकेट लिए। यस जितसँगै काठमाडौंको दोस्रो सिजनको यात्रा इलिमिनेटरबाटै टुंगियो। अब लुम्बिनी बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भिड्नेछ।











