September 22, 2026

विराटगरद्धारा कर्णाली याक्स ३ विकेटले पराजित

विराटगरद्धारा कर्णाली याक्स ३ विकेटले पराजित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले कर्णाली याक्स माथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर जितेको हो । विराटनगरका लागि बसिर अहमदले उत्कृष्ट ब्याटिङ गर्दै ६२ रनमा तथा कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे । त्यस्तै लोकेश बम ६, जर्ज मुन्से०, साम हिजलेट १६, शाहिल पटेल १९, मार्चेन्ट डि लिङ २, नारायण जोशी २५ र प्रतिश जिसी ६ रनमा आउट भए ।

कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले दुई, दुई तथा पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एक, एक विकेट लिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले ३ विकेट गुमाएर १६० रन बनाएको थियो । कर्णालीका लागि ओपनर प्रियांक पन्चालले सर्वाधिक ६३, विलियम वोसिष्टो ४८ र नजिबुल्लाह १२ रनमा मार्क वाट ६ र गुल्सन झा २० रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एक, एक विकेट लिए ।

सम्बन्धित खबरहरु

भर्खरै