September 22, 2026

टी-२० विश्वकप छनोटमा नेपालको चामत्कारिक जित

टी-२० विश्वकप छनोटमा नेपालको चामत्कारिक जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ अन्तर्गत नेपालले चिर–प्रतिद्वन्द्वी युएईमाथि १ रनको रोमाञ्चक जित हात पारेको छ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमै रोकियो।

नेपालका दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २२ रन दिँदै ३ विकेट लिए। सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले समान १–१ विकेट हात पारे।

पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १४० रन बनाएको थियो। ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतक प्रहार गरे भने कप्तान रोहित पौडेलले २० रनको योगदान दिए।

युएईका जुनेद सिद्दीकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १–१ विकेट लिएका थिए।

यो जितसँगै नेपाल विश्वकपमा प्रवेशको सम्भावनातर्फ अझ नजिक पुगेको छ।

 

सम्बन्धित खबरहरु

भर्खरै