September 22, 2026

बीपी र अरनिको राजमार्गसहित अझै ११ मुख्य सडक अवरुद्ध

बीपी र अरनिको राजमार्गसहित अझै ११ मुख्य सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरो कारण कोशी र बागमती प्रदेशका ११ राजमार्ग तथा मुख्य सडक अवरुद्ध रहेका छन् ।

नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको सूचनाअनुसार बीपी, कोशी, अरनिको, मेची, मदनभण्डारीलगायत राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेका छन् ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका र सुनकोशी गाउँपालिकामा पहिरो गएको छ । त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ४, चारकिलोमा पहिरो गएर अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

त्यसैगरी, इलाम नगरपालिका– ९ राजदुवालीलगायत स्थानमा अविरल वर्षाका कारण मेची राजमार्ग, सङ्खुवासभाको भोटखोला गाउँपालिका– ४, बरुणखोला र मकालु गाउँपालिका– ३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै