September 22, 2026

शिक्षामन्त्रीलाई मन्त्रालयमा खाने र बस्नेको व्यवस्था

शिक्षामन्त्रीलाई मन्त्रालयमा खाने र बस्नेको व्यवस्था

काठमाडौं । शिक्षामन्त्री महावीर पुनलाई मंगलबारदेखि नै मन्त्रालयमै खाने र बस्नेको व्यवस्था हुने भएको छ ।

जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा रहेको मन्त्रालय आगजनीबाट ध्वस्त भएपछि तत्कालका लागि मन्त्रालय केशरमहलमा सारिएको छ । शिक्षा उपसचिव केदार कोइरालाले मन्त्री पुनको आग्रहअनुसार मंगलबारदेखि नै मन्त्रालयभित्रै खाने र बस्नेको व्यवस्था मिलाइएको बताए ।
मन्त्री पुनले सोमबार नै जिम्मेवारी सम्हालेका छन् । सम्भावनाहरु प्रशस्तै भएर पनि विज्ञान मन्त्रालयले काम गर्न नसकेको बताउँदै मन्त्री पुनले यसमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो क्रममा उनले वैज्ञानिक खोज तथा अनुसन्धानको विकासका लागि एक समिति बनाउने निर्णयमा हस्ताक्षर गरेको उपसचिव कोइरालाले जानकारी दिए ।

सम्बन्धित खबरहरु

भर्खरै