September 23, 2026

नेपालमा अब १८–३५ वर्ष उमेर समूह ‘युवा’ मानिने

नेपालमा अब १८–३५ वर्ष उमेर समूह ‘युवा’ मानिने

काठमाडौं । नेपाल सरकारले नयाँ राष्ट्रिय युवा नीति २०८२ स्वीकृत गर्दै युवाको उमेर सीमा पुनः परिभाषित गरेको छ। अबदेखि १८ देखि ३५ वर्ष उमेर समूहलाई मात्र ‘युवा’ मानिने भएको छ।

यसअघि लागू भएको नीति २०७२ अनुसार युवाको उमेर सीमा १६ देखि ४० वर्ष तोकिएको थियो। तर, परिमार्जित नीतिले अन्तर्राष्ट्रिय परिभाषा र बालबालिका ऐनलाई आधार मान्दै नयाँ दायरा निर्धारण गरेको हो।

नीतिले युवालाई सक्षम, जिम्मेवार र राष्ट्रभावयुक्त नागरिकका रूपमा विकास गर्दै राष्ट्र निर्माणमा सार्थक योगदान दिलाउने उद्देश्य लिएको छ। यसमा शिक्षा, स्वास्थ्य, सोच, उद्यमशीलता, सिर्जनशीलता र नैतिकताको विकासलाई प्राथमिकता दिइएको छ।

प्रविधिमैत्री राष्ट्र निर्माणका लागि युवाको समावेशी सहभागिता, अनुसन्धान, साइबर सुरक्षा र नवप्रवर्तनमा पहुँच सुनिश्चित गरिने नीति दस्तावेजमा उल्लेख छ। साथै, युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन स्टार्टअप प्रवर्द्धन, सीपमूलक तालिम, करिअर काउन्सिलिङ, सहुलियत कर्जा, कर छुट, बजार विस्तार तथा परम्परागत सीपको आधुनिकीकरणमा जोड दिइनेछ।

नीतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी मानव पुँजी निर्माण गर्ने लक्ष्य लिएको छ।

सम्बन्धित खबरहरु

भर्खरै