रामेछाप । रामेछापस्थित मन्थली नगरपालिकामा रहेका नेवारहरूले विगत ३ वर्षदेखि पुर्खाको सिर्जना लाखेनाच, गाईजात्रा प्रदर्शन गर्दै आइरहेका छन् । नेवाः देय् दबुको मन्थलीका अध्यक्ष शेखरकुमार श्रेष्ठले गणेशपूजा गरेपछि लाखेनाच नगर परिक्रमा गरेको थियो । लाखेलाई उग्र रूपको देखाइए तापनि लाखेको त्यागले उनीहरू कति मायालुु र समझदार हुँदारहेछन् भन्ने लोककथाको मिथक जोडिएको छ ।
अर्काे नयाँ जुम्वा डान्सले पनि प्रदर्शनीमा प्रवेश पाएको थियोे । कार्यक्रममा बागमती प्रदेशका माननीय सांसद युवराज चौलागाईं ,रामेछाप जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर,नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य त्रैलोक्यमान बनेपाली, रामेछाप जिल्ला मालपोत प्रमुख सुमा श्रेष्ठ र पत्रकार कैलाशकुमार केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्राज्ञ त्रैलोक्यमान बनेपाली अगिवले रामेछाप मन्थलीले आफ्नो पहिचान खोज्दै परम्परा, प्रविधि, संस्कृति रहेमा मात्र भाषाले पनि स्थान पाउने बताए । उनले लाखेसँगै धिमे, लालाखिं, धां, भुछ्याय्, सिछ्याय्, भुचा, कवां, खानपिन र श्रृंखार नाम पनि बाँचेका छन् । त्यसैले यतातर्फ सबै जातिले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।












