September 23, 2026

क्रिकेटर ललित राजवंशी मातृशोकमा

क्रिकेटर ललित राजवंशी मातृशोकमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशी मातृशोकमा परेका छन्। उनकी आमा शुभकुमारी राजवंशीको विराटनगर महानगरपालिका–१४ जतुवास्थित निवासमा निधन भएको छ।

जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीका अनुसार ६० वर्षीया शुभकुमारी लामो समयदेखि दमको समस्याबाट पीडित थिइन्। स्वास्थ्य अवस्था कमजोर भए तापनि उनी दैनिकीमा सक्रिय रहेकी थिइन्।

छिमेकी राजकुमार विश्वासका अनुसार शुभकुमारी शनिबार राति खाना खाएर सुतिन् र आइतबार बिहान मृत भेटिएकी थिइन्। उनले भने, “शनिबार राति घरमा खाना र औषधि खाएर सुत्नु भएको रहेछ। भोलिपल्ट बिहान छोरीले उठाउन जाँदा मात्र घटना थाहा भयो।”

शुभकुमारीको आइतबार नै सिंघिया खोलामा अन्त्येष्टि गरिएको छ। आमाको निधनको खबर पाएलगत्तै ललित राजवंशी विराटनगर आइपुगेका छन्।

सम्बन्धित खबरहरु

भर्खरै