September 23, 2026

रञ्जिताले सोधिन् गंगारामलाई २४ घण्टे स्पष्टीकरण

रञ्जिताले सोधिन् गंगारामलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीसँग २४ घण्टे स्पष्टीकरण माग गरेकी छिन् । विधान विपरीत काम गरेको आरोप लगाउँदै उनले चौधरीसँग २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न माग गरेकी हुन् ।

पार्टीका सांसद तथा नेता गंगाराम चौधरीको नाममा पठाइएको तीन वटा पत्र सार्वजनिक भएका छन्, जसमा पार्टी विधान उल्लंघन र केन्द्रीय समिति बैठकसम्बन्धी गम्भीर आपत्ति जनाइएको छ।

पार्टी केन्द्रीय कार्यालयबाट जारी गरिएको पत्रमा चौधरीले आफ्नो स्वास्थ्य असहज रहेकाले केही समयदेखि पार्टी गतिविधिमा पूर्ण रूपमा संलग्न हुन नसकेको उल्लेख गर्दै पार्टीभित्रका निर्णयहरूबारे जानकारी नदिई गरिएको कारबाहीप्रति असहमति जनाएका छन् । उनले पार्टी विधानको धारा १४ उल्लंघन गर्दै आफ्नो अनुपस्थितिमा केन्द्रीय समिति बैठक बोलाइएको भन्दै त्यसको स्पष्टिकरण माग गरेका छन् ।

यस्तै उनले पत्रमा पार्टीको केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा पनि विधानविपरीत निर्णय गरिएको आरोप लगाइएको छ । चौधरीले प्रतिनिधि सभा निर्वाचनका क्रममा आफूले खेलेको भूमिकाको स्मरण गराउँदै, पार्टी विधानविपरीत काम नगरिएको भए आफू विरुद्ध प्रचार गर्न नपर्ने बताएका छन् ।

पार्टीका विधान र आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई लिएर देखिएको यो विवाद अब पार्टीको उच्च तहसम्म पुगेको छ । निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म विषय पुर्‍याउने चेतावनीसहित चौधरीले पार्टी नेतृत्वलाई थप विवेकपूर्ण ढंगले कार्य गर्न आग्रह गरेका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै