September 23, 2026

घुस प्रकरणमा बयान दिन पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा

घुस प्रकरणमा बयान दिन पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा

काठमाडौं । घुस प्रकरणको छानबिनको क्रममा पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन आज बिहान उपस्थित भएकी छन्।

अख्तियार स्रोतका अनुसार, कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख रुपैयाँ घुस डिल भएको प्रकरणमा रञ्जिता श्रेष्ठ पनि संलग्न रहेको देखिएपछि उनलाई बयानका लागि बोलाइएको हो।

यसै प्रकरणमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार अख्तियारमा भ्वाइस टेस्ट दिइसकेका छन् भने बिचौलिया सुजन लामाले पनि बयान र भ्वाइस टेस्ट दिएका छन्।

अख्तियारले रञ्जिता श्रेष्ठसँग सार्वजनिक भएको अडियोको भ्वाइस टेस्टसहित आवश्यक सोधपुछ प्रक्रिया अगाडि बढाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै