September 23, 2026

पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छु : रामहरि खतिवडा

पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छु : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन आएमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बताएका छन्।

उनले संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि विवादमा परेका थिए। विपक्षी दलहरूले उनको राजीनामा माग गरेका छन्।

संसदीय समितिबाट राजीनामा माग आएको विषयमा खतिवडाले भने, “सभापतिको हैसियतमा मेरो पनि गल्ती छ भने पार्टीले बाहिर बस भन्छ भने म तयार छु।”

उनले संसदीय समितिमा बदनाम गर्ने किसिमको काम नगर्न आग्रह गर्दै, गठन गरिएको समितिबाट आउने निर्णयलाई सम्मान गर्ने र पालन गर्न तयार रहेको बताए।

सम्बन्धित खबरहरु

भर्खरै