काठमाडौं । गायक मनिष श्रेष्ठ र गायिका प्रिया सेन्चुरीको स्वरमा नयाँ गीत ‘काठमाडौंको हिरोइन’ सार्वजनिक गरिएको छ । मनिष श्रेष्ठको युट्युबमा सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा गायक मनिषकै शब्द र संगीत छ भने संगीत निर्माता बादल थापा हुन् ।गीतको भिडिओलाई निर्देशनको काम पनि गायक मनिषले नै गरेका छन् ।
यस्तै भिडियोमा मनिषसँगै सन्जना गुरुङ र जुना कार्कीले अभिनय गरेका छन् । अमन बडुले खिचेको भिडिओ नबिन निरौलाले सम्पादन गरेका हुन् ।


