November 3, 2026

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ भएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उनका भाइ पुरु रिसालका अनुसार उनको निधन आज साँझ पौने ८ बजेतिर भएको हो ।

पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित वरिष्ठ पत्रकार रिसाल सूर्यविनायक नगरपालिका –४, दधिकोटमा बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

पत्रकार रिसालले आफ्नो शरीर पाटन अस्पताललाई दान दिने घोषणा गरेकाले उनको दाहसंस्कार नगरिने पारिवारिक स्रोतले जनाएको छ । वि.सं. १९८५ साउन २८ गते जन्मिएका पत्रकार रिसाल २०१३ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध थिए। पत्रकार रिसाल नेपाली भूमि लिपुलेक र लिम्पियाधुरामा जनगणना काममा सहभागी थिए ।

सम्बन्धित खबरहरु

भर्खरै