November 3, 2026

फुलिरहोस् तिम्रो जीवन

फुलिरहोस् तिम्रो जीवन

–टेक नेपाल

मन मिल्ने ममतामा तिमी थियौँ
रोदनमा तिम्रो साथ थियो हाँसोमा पनि
हाँस्दै खेल्दै अघि बढेका थियौँ हामी
कुन सैतानको आँखा लाग्यो हाम्रो खुसीमा

दैव पनि साथमा भएन मेरो मुटु जिउँदो राख्न
नियति नै रैछ तिमीलाई एक्लो पार्न
पल पलमा खुसी थियौँ हामी
दुःख दियो भाग्यले पल पलमा
अब कसरी बस्छौँ मेरी माया
म बिना यो जिन्दगीको दलदलमा

कहाँ थियो र तिमीलाई एक्लै पारि जाने मन
यमराजले दिन थपेन
अब कटाउँछौ कसरी त्यो लामो जिन्दगी
म बिना दिनहरू गनी गनी

अब मेरो यादले तिमीलाई पोल्नेछ, चिथोर्ने छ
दिन दिनै ढाल्ने छ
तर हिम्मत नहारे ल प्रिय
दुनियाँलाई देखाउनै भए पनि
हाँसी खुसी जिन्दगी बाँच ल ।

सम्बन्धित खबरहरु

भर्खरै